काठमाडौं, १९, कात्तिक
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरूले विरोध गरेका छन्। "/>

ललितपुर महानगरका मेयरमाथि दोषैदोष

ललितपुर महानगरका मेयरमाथि दोषैदोष


काठमाडौं, १९, कात्तिक
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरूले विरोध गरेका छन्। प्रमुख महर्जन निरङ्कुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्ष सहित ८ जना नगर कार्यपालिकाका सदस्यहरूले विरोध गरेका हुन्। विरोधका कारण शुक्रबार तय गरिएको महानगरपालिकाको कार्यपालिकाको बैठक स्थगित गरिएको थियो। नेकपा एमाले वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले कार्यपालिकाको बैठक बहिष्कार गर्ने घोषणा गरेपछि तय भएको बैठक स्थगित गरिएको हो।

प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसका भए पनि महानगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले) को बहुमत रहेको छ। उनीहरूले प्रमुख महर्जनको कार्यशैली प्रति असहमति जनाउँदै पत्र बुझाएका थिए । यसअघि स्थानीय निकायका कर्मचारीहरूको मनोबल गिराउने, कर्मचारी समायोजनको नाउँमा कार्यकारी प्रमुख हरि दाहालको रुचिमा आवश्यकता नभएका निजामती कर्मचारी ल्याएको भन्दै कर्मचारी एसोसिएसनले समेत पत्र बुझाएको थियो।
नेपाल समाचारपत्रबाट

Logo