अमेरिकी बास्केटबल खेलाडीको समलिंगी विवाह

अमेरिकी बास्केटबल खेलाडीको समलिंगी विवाह


न्यूयोर्क, १८ कात्तिक । अमेरिकी महिला बास्केटबल खेलाडी एलिना डिली डोनीले आफ्नो लामो समय देखिकी प्रेमिका एमाण्डा क्लिफटोनसंग विवाह सम्पन्न गरेकी छिन् ।

विगत ४ बर्ष देखि डेटिङ गरिरहेकी एलिना र एमाण्डाले आफ्नो विवाहलाई च्यारिटीको रुपमा सम्पन्न गरेका थिए । उक्त विवाह मार्फत् संकलन भएको रकम एलिना डिली डोनी फाउण्डेसनलाई जाने छ । यो संस्थाले बालबालिका र अपांग भएकाहरुको क्षेत्रमा कार्य गर्ने छ ।

सन् २०१७ को ड्रिम वेडिङको क्षेत्रमा पहिलो जोडीको रुपमा समलिंगी विवाह गर्ने एलिना र एमाण्डाको नाम शिर्ष स्थानमा राखेको छ ।

Logo