काठमाडौं,१८,कात्तिक
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार भएको उम्मेदवारी दर्तामा महिला उपस्थिति अत्यन्त कमजोर देखिएको छ। "/>

प्रदेश ६ र ७ मा महिला प्रतिनिधित्व शून्य

प्रदेश ६ र ७ मा महिला प्रतिनिधित्व शून्य


काठमाडौं,१८,कात्तिक
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार भएको उम्मेदवारी दर्तामा महिला उपस्थिति अत्यन्त कमजोर देखिएको छ। प्रमुख प्रतिद्वन्द्वी एमाले–माओवादी केन्द्र र कांग्रेस नेतृत्वको दुई अलग–अलग गठबन्धनका उम्मेदवारको सूची नियाल्दा महिला उम्मेदवार पाँच प्रतिशत भन्दा पनि कम छन्। वाम–गठबन्धन र कांग्रेसले संघीय संसद र प्रदेश संसदमा गरी ७०१ जना उम्मेदवार उठाएका छन् । जसमा ३२ मात्रै महिला छन्। यस हिसाबले प्रत्यक्ष प्रतिस्पर्धामा उत्रने महिलाको हिस्सा जम्मा ४.५६ प्रतिशत हुन आउँछ। प्रतिनिधिसभामा कांग्रेस र वाम गठबन्धनले जम्मा २४५ उम्मेदवार उठाएकाका छन्। त्यस मध्ये महिला १६ जना छन् । यो संख्या प्रतिशतका हिसाबले हेर्दा ६.५३ मात्र हो। त्यस्तै प्रदेशसभाका ४५६ उम्मेदवार मध्ये १६ मात्र महिला छन्। यो उपस्थिति दुई मुख्य प्रतिस्पर्धी गठबन्धनका उम्मेद्वारको करिब ३.५० प्रतिशत मात्र हो। महिला उम्मेदवार उठाउनेमा वाम–गठबन्धन कांग्रेस भन्दा अगाडि छ।

वाम गठबन्धन र कांग्रेसको उम्मेद्वार हेर्दा प्रदेश नम्बर ६ मा महिला शून्य प्रदेश हुन पुगेको छ। दुवैले संघीय र प्रदेश संसदका लागि यो प्रदेशबाट महिला उम्मेदवार उठाएका छैनन्। प्रदेशसभातर्फ हेर्दा प्रदेश नम्बर ६ र ७ महिला उम्मेद्वार शुन्य प्रदेश हुन पुगेका छनर । वाम गठबन्धन र कांग्रेसतर्फबाट । उता प्रतिनिधिसभातर्फ प्रदेश नम्बर ४ र ६ मा कांग्रेसले एक जना पनि महिलालाई उठाएको छैन। कांग्रेसले प्रदेशसभातर्फ प्रदेश ४ बाहेक कुनैमा पनि एकजना महिलालाई पनि उम्मेद्वार बनाएन। वामगठबन्धन प्रदेशसभाका लागि ६ र ७ नम्बरमा महिला उम्मेद्वार शून्य छ।
अन्नपूर्णपोष्टबाट

Logo