काठमाडौँ, १७, कात्तिक
नेपाल आयल निगम सञ्चालक समितिको हिजो बसेको आकस्मिक बैठकले अस्ती बढाइएको इन्धनको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । "/>

फिर्ता भयो इन्धनको मुल्यवृद्धि : अब पुरानै मुल्य कायम

फिर्ता भयो इन्धनको मुल्यवृद्धि : अब पुरानै मुल्य कायम


काठमाडौँ, १७, कात्तिक
नेपाल आयल निगम सञ्चालक समितिको हिजो बसेको आकस्मिक बैठकले अस्ती बढाइएको इन्धनको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । बढेको मूल्य फिर्ता भए सँगै पुरानै मूल्यमा इन्धन पाइने भएको छ । निगम सञ्चालक समितिका अध्यक्ष तथा आपुर्ति सचिव कृष्णप्रसाद देवकोटाका अनुसार बिहीबार विहान १० बजे देखि लागू हुनेगरी पुरानै मुल्यमा इन्धन खरिद बिक्रि गर्नु पर्नेछ । अब निर्वाचन अवधिभर इन्धन नबढ्ने उनले बताए । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ ५० पैसाका दरले मूल्य बढाएको थियो । यसैगरी खाना पकाउने एलपी ग्याँसमा सबैभन्दा धेरै प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।
नयाँ पत्रिकाबाट

Logo