संयुक्त वाम गठबन्धन कार्यदल गठन

संयुक्त वाम गठबन्धन कार्यदल गठन


पोखरा, १६ कात्तिक ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटीको बैठकले सात सदस्यीय संयुक्त वाम गठबन्धन कार्यदल गठन गरेको छ ।

कार्यदलमा एमालेका चार र माओवादी केन्द्र तीन सदस्य रहेको नेकपा (एमाले)का सचिव दामोदर वैरागीले जानकारी दिए । कार्यदलमा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कृष्ण थापा, सचिव दामोदर वैरागी, उपसचिव प्रभा कोइराला र वैनबहादुर क्षेत्री रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रका तर्फबाट पार्टीका जिल्ला संयोजक बखान सिंह गुरुङ, सहसंयोजक गंगा पोखरेल र केशव पौडेल छन् ।

सबै जनवर्गीय संगठन र पार्टीको तल्लो वडा कमिटीसम्म कार्यदल गठन गरेर चुनावमा परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका नौवटै उम्मेदवारलाई जिताउने गरी रणनीति तयदेखि कार्यकर्ता परिचालनसहितको जिम्मेवारी कार्यदललाई दिइएको छ ।

बैठकले आज बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दा वाम गठबन्धनका तर्फबट कुनै एक पार्टीको उम्मेदवार भए प्रस्तावक र समर्थक अर्को पार्टीको राख्ने निर्णयसमेत गरेको छ । मनोनयन दर्ता गर्न जाँदा संयुक्त जुलुस लैजाने पनि बैठकले निर्णय गरेको छ । एमालेका जिल्लाअध्यक्ष कृष्ण थापाको अध्यक्षतामा बैठक बसेको थियो । रासस

Logo