काठमाडौं,१६, कात्तिक

दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूर पश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् । "/>

ठूला नेताहरुको निर्वाचनक्षेत्र सर्वाधिक चासोमा

ठूला नेताहरुको निर्वाचनक्षेत्र सर्वाधिक चासोमा


काठमाडौं,१६, कात्तिक

दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूर पश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् । ०४८ साल देखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा ‘लोकतान्त्रिक गठबन्धन’ बाट र ओली वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । मुलुकको भावी नेतृत्व ‘झापा कि डडेल्धुरा’ भन्ने अड्कलबीच दोस्रो चरणको निर्वाचनमा झापा ५ र डडेल्धुरा सबैको चासोको विषय बनेको छ । दोस्रो संविधानसभाबाट तेस्रो दल भए पनि ‘निर्णायक’ भूमिकामा रहेको माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि त्यसका अध्यक्ष पुष्पकमल दाहालको चुनाव क्षेत्र चितवन ३ पनि चर्चा र चासोमा छ । अध्यक्ष दाहालका लागि चितवन नयाँ चुनावी क्षेत्र हो ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट उठेका छन् । पहिलो संविधानसभामा पराजित भए पनि दोस्रो संविधानसभामा सोही क्षेत्रबाट जितेका उनले फेरि काठमाडौं २ नै रोजेका हुन् । विगतमा रौतहटबाट चुनाव लड्ने गरे पनि हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विपक्षमा परिणाम आएपछि नेपाल काठमाडौं २ रोज्न बाध्य भएका थिए । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट प्रतिस्पर्धामा उत्रेका छन् । तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भने इलाम २ बाट चुनावी मैदानमा छन् । दोस्रो चरण निर्वाचनमा देउवाको क्षेत्र डडेल्धुरा, ओलीको क्षेत्र झापा ५ र दाहालको क्षेत्र चितवन ३ मा सर्वाधिक चासो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेसकै महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्दै छन् । एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन्।

को कहाँबाट, हेरौं सूचि सहितः

एमाले
केपी ओली झापा ५
माधव नेपाल काठमाडौं २
झलनाथ खनाल इलाम १
वामदेव गौतम बर्दिया १
भीम रावल अछाम १
सुवास नेम्वाङ इलाम २
ईश्वर पोखरेल काठमाडौं ५
विष्णु पौडेल रुपन्देही
सुरेन्द्र पाण्डे चितवन १

कांग्रेस
शेरबहादुर देउवा डडेल्धुरा
रामचन्द्र पौडेल तनहुँ १
विमलेन्द्र निधि धनुषा ३
प्रकाशमान सिंह काठमाडौं १
कृष्णप्रसाद सिटौला झापा ३
शशांक कोइराला नवलपरासी १
गगन थापा काठमाडौं ४
रमेश लेखक कञ्चनपुर ३
एनपी साउद कञ्चनपुर २

माओवादी केन्द्र
पुष्पकमल दाहाल चितवन ३
कृष्णबहादुर महरा दाङ २
गिरिराजमणि पोखरेल महोत्तरी १
राम कार्की झापा १

काठमाडौंमा वाम गठबन्धनका उम्मेदवार

१ अनिल शर्मा (माओवादी केन्द्र)
२ माधव नेपाल (एमाले)
३ कृष्ण राई (एमाले)
४ डा. राजन भट्टराई (एमाले)
५ ईश्वर पोखरेल (एमाले)
६ झक्कु सुवेदी (माओवादी)
७ रामवीर मानन्धर (एमाले)
८ उमेश स्थापित (माओवादी)
९ कृष्णगोपाल श्रेष्ठ (एमाले)
१० हितमान शाक्य (माओवादी)

अन्नपूर्णपोष्टबाट

Logo