काठमाडौं, १५, कात्तिक
कर्मचारीलाई बिदाइ गरेर कामविहीन अवस्थामा रहेको नेसनल टे«डिङ लिमिटेडलाई आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा दिने तयारी गरेको छ । "/>

नेसनल ट्रेडिङलाई चीनबाट इन्धन आयातको जिम्मा दिने तयारी

नेसनल ट्रेडिङलाई चीनबाट इन्धन आयातको जिम्मा दिने तयारी


काठमाडौं, १५, कात्तिक
कर्मचारीलाई बिदाइ गरेर कामविहीन अवस्थामा रहेको नेसनल टे«डिङ लिमिटेडलाई आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा दिने तयारी गरेको छ । राजनीतिले थिलथिलो बनेर बन्द भएको सरकारी स्वामित्वको संस्थानलाई चीनबाट इन्धन आयात गर्न दिन अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।
आपूर्ति मन्त्रालयले चीनबाट तेल आयात गर्न सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा हालै प्रस्ताव पेस गरेको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले आयातलाई विविधीकरण गर्न आवश्यक रहेकाले चीनबाट इन्धन ल्याउन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति मागिएको जानकारी दिए । “लिमिटेडलाई अब कुन मोडेलबाट लैजाने भनेर अध्ययन गर्न गठित कमिटीले इन्धन आयात गर्न स्वीकृति दिने सुझाव दिएको छ,” प्रवक्ता पौडेलले भने, “चीनबाट इन्धन आयात गर्न सके यसको व्यापार विविधीकरण गर्न सकिन्छ ।” इन्धन कारोबारमा नेपाल आयल निगमको एकाधिकार छ । इन्धन आयात गर्ने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको थियो । त्यसका लागि अर्थको राय चाहिने भएकाले हालै प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
कारोबारबाट

Logo