काठमाडौं, १५, कात्तिक
भूकम्प प्रभावितका लागि विभिन्न बिकास साझेदार राष्ट्रले दिएका सामान तीन वर्ष देखि गोदाममै थन्किएका छन् । "/>

भूकम्प प्रभावितको राहत ३ वर्ष देखि गोदाममै कुहिंदै

भूकम्प प्रभावितको राहत ३ वर्ष देखि गोदाममै कुहिंदै


काठमाडौं, १५, कात्तिक
भूकम्प प्रभावितका लागि विभिन्न बिकास साझेदार राष्ट्रले दिएका सामान तीन वर्ष देखि गोदाममै थन्किएका छन् । भूकम्पपीडित कष्टकर रूपमा टहरामा बसिरहेका बेला उनीहरूकै लागि भनेर आएको चामल, त्रिपाल, जस्तापाता, कपडा, जुत्ताचप्पल लगायतका सामग्री वितरण नगरी गोदाममै थन्क्याइएको हो । नेपाल खाद्य संस्थानको थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा लामो समयदेखि चामलसँगै अन्य सामग्री थन्किएका हुन् । कार्यालयका प्रमुख भेषनाथ न्यौपानले भूकम्प प्रभावितका लागि आएको सामान वितरण नगरी त्यत्तिकै गोदाममा थन्किएको बताए । “बंगलादेश सरकारले उपलब्ध गराएको १० हजार क्विन्टल चामल स्टक छ,” उनले भने, “सरकारको कमजोर व्यवस्थापनका कारण तीन करोड रुपैयाँ बराबरका राहतका सामग्री लामो समय देखि अलपत्र परेका छन् ।”

बंगलादेश सरकारले ०७२ साल वैशाखको भूकम्प लगत्तै एक लाख क्विन्टल र पछिल्लो वर्ष एक लाख गरी दुई लाख क्विन्टल चामल उपलब्ध गराएको थियो । संस्थानले भने स्थानीय प्रशासनबाट माग नआएकाले पनि चामल गोदाममै राखिएको जानकारी दिएको छ । संस्थानले माग नआएपछि केही चामल अन्यत्रै वितरण गरिएको जनाएको छ । भूकम्प प्रभावितको नाममा आएको चामल संस्थानले कर्णाली अञ्चलका सुख्खा प्रभावित जिल्लामा पठाएको थियो । बाँकी चामल प्रतिकेजी ४१ रुपैयाँका दरले बिक्री गरिरहेको संस्थानले जानकारी दिएको छ । भूकम्पका बेला विभिन्न संघ–संस्थानले दिएका त्रिपाल, ब्ल्याङ्केट, कपडा, जुत्ताचप्पल समेत खाद्य संस्थानको गोदाममा राखिएको छ । त्यसरी राखिएको सामग्री कुहिने अवस्थामा पुगेका छन् ।
कारोबारबाट

Logo