#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20083655735041641495612933658
नेपाल2331079673816493

पाकिस्तान सुपर लिगको पहिलो खेलमै सन्दीपको कमाल, लिए तीन विकेट

काठमाडौं । पाकिस्तान सुपर लिगमा सन्दीप लामिछानेले आफ्नो पहिलो खेलमै तीन विकेट लिन सफल भएका छन् । लाहोर कलन्दर्सबाट खेलिरहेका सन्दीपले आफ्नो पहिलो खेलमै ३ विकेट लिन सफल भएका हुन् ।

मुलतान सुल्तान्ससँगको खेलमा सन्दीपले तीन विकेट लिएका हुन् । निकै महंगो सावित भए पनि उनले विकेट लिन सफल भए । विष्फोटक ब्याटिङ गरेका जेम्स भिन्चलाई ८४ रनमा क्याच आउट गराए ।

त्यस्तै, दोस्रो विकेटको रुपमा सन्दीपले सोइब मालिकलाई १० रनमा आउट गराए । तेस्रो विकेट लिने क्रममा सन्दीपले आन्ड्रे रुसेललाई सात रनमा आउट गराए । सन्दीपले चार ओभरमा ४६ रन खर्चेर तीन विकेट लिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार