काठमाडौँ, १३, कात्तिक
सरकारले विभिन्न योजना सहित हुण्डीबाट हुने कारोबारलाई नियन्त्रण गर्ने योजना बनाए पनि अझै नियन्त्रण हुने संकेत मिलेको छैन । "/>

पशुपतिनाथ मन्दिरको भेटी पनि हुण्डी मार्फत कारोबार !

पशुपतिनाथ मन्दिरको भेटी पनि हुण्डी मार्फत कारोबार !


काठमाडौँ, १३, कात्तिक
सरकारले विभिन्न योजना सहित हुण्डीबाट हुने कारोबारलाई नियन्त्रण गर्ने योजना बनाए पनि अझै नियन्त्रण हुने संकेत मिलेको छैन । पछिल्लो समयमा सो अवैध कारोबार सरकारी कर्मचारी देखि धार्मिक स्थलबाट हुने गरेको प्रमाण फेला परेको छ । प्राप्त विवरणअनुसार विभिन्न होटल र अपार्टमेन्टबाट हुँदै आएको हुण्डी कारोबार पवित्र पशुपति क्षेत्रबाटै पनि हुन थालेको भेटिएको छ । पशुपति विकास कोषबाट प्रत्येक दिन सार्वजनिक गर्ने भेटी संकलनको सूचीमा हुण्डीबाट कारोबार भएको रकम समेत उल्लेख गरेका कारण अवैध कारोबार पशुपतिक्षेत्र विकास कोषबाट हुने गरेको प्रमाणित भएको हो । सो कोषले पशुपतिनाथको मुख्य गेटमा राखिएको विद्युतीय डिस्प्लेमा समेत उल्लेख गरेको छ । सो डिस्प्लेमै हुण्डी मार्फत १६ हजार तीन सय ३० रुपैयाँको कारोबार गरेको देखाइएको छ । यसरी अवैध रहेको सो कारोबारलाई सरकारी निकायबाटै प्रयोगमा ल्याउँदा अर्बौं रुपैयाँ गैरबैंकिङ माध्यमबाट बाहिर पठाउने र नेपाल आउने गरेको खुलेको हो ।

पशुपतिनाथको मूलगेटमा राखिएको सो डिस्प्लेमा दैनिक यसरी हुण्डीबाट कारोबार हुने गरेको सार्वजनिक हुँदा समेत सरकारले कारबाही गर्न सकेको छैन । सो अवैध कार्यमा कोषकै समितिको मिलेमतो भएको आरोप समेत लगाइएको छ । सो बारे पटकपटक सम्पर्क गर्दा आधिकारिक मान्छे कोही पनि नभएको भन्दै पन्छाउने काम गरियो ।
आर्थिक दैनिकबाट

Skip This
Logo