काठमाडौँ, १३, कात्तिक
वर्तमान सरकारका मन्त्रीहरु निर्वाचन आचार संहिता उलंघनमा अब्बल देखिएका छन । राज्यस्रोतको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता उलंघन गर्नेमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पहिलो नम्बरमा छन् । "/>

अर्थमन्त्री निवासमा दैनिक हुन्छ भोज भतेर :आचार संहिताको उल्लंघन

अर्थमन्त्री निवासमा दैनिक हुन्छ भोज भतेर :आचार संहिताको उल्लंघन


काठमाडौँ, १३, कात्तिक
वर्तमान सरकारका मन्त्रीहरु निर्वाचन आचार संहिता उलंघनमा अब्बल देखिएका छन । राज्यस्रोतको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता उलंघन गर्नेमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पहिलो नम्बरमा छन् ।  प्रतिनिधिसभाको निर्वाचनमा पराजयको ह्यट्रिक गरेका कार्की अहिले मन्त्री निवास पुल्चोकमा दिनहुँ भोज गरिरहेका छन् । सरकारका वरिष्ठ मन्त्रीले निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले पार्टी कार्यकर्तालाई दिनहुँ निवासमा बोलाएर भोज गर्नु निर्वाचन आचारसंहिता विपरित हो । राज्य कोषको दुरुपयोग गर्दै कार्कीले शनिबार राति पुल्चोकको मन्त्री निवासमा भोज भतेर गरेका हुन । जहाँ उपप्रधानमन्त्री समेत रहेका विजय गच्छेदार देखि कांग्रेसका कार्यकर्ता लाम लागेर भोज खाइरहेका थिए । यसपटक सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसको उम्मेदवार बनेका कार्की सोही क्षेत्रका नेता कार्यकर्तालाई जम्मा गर्दै दिनहुँ भोज गरिरहेका छन् ।

शब्द तथा तस्विर नेपाल समाचारपत्रबाट

Logo