बनेपा, १३ कात्तिक
सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । "/>

बनेपामा सेयर कारोबार शुरु भएपछि सेवाग्राही उत्साहित

बनेपामा सेयर कारोबार शुरु भएपछि सेवाग्राही उत्साहित


बनेपा, १३ कात्तिक
सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोकरले कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयर सम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढेको देखिएको छ । “समयको बचत भएको छ र त्यहाँ भन्दा बढी सुविधा पाएका छौँ”– बनेपाका सेयर लगानीकर्ता राजकुमार तिमल्सिनाले भने । उनले करिब सात महिना देखि सेयरका लागि काठमाडौँ जान बन्द गरेको उल्लेख गर्दै सेयर कारोबार गर्ने अधिकांश काठमाडौँ जादैनन् भने ।

भिजन सेक्युरिटिज प्रालि (३४), नम्बर ब्रोकर कार्यालय बनेपाका प्रमुख प्रकाश अधिकारीले ग्रामीणक्षेत्रबाट सेयर कारोबार गर्न आउने केही नयाँ सदस्य थप भए पनि अधिकांश पुरानाले नै कारोबार गर्ने गरेको बताए । कारोबार बढेको समयमा त झन दबाब बढी हुन्छ त्यसैले पनि सेयर कारोबार प्रतिको आकर्षण बढी भएको देखाउँछ उनले भने । अधिकारीका अनुसार आइतबार मात्रै बनेपा शाखाबाट १२ हजार ५५० कित्ता सेयरको एक करोड १० लाख आठ हजार १२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका मध्ये सबैभन्दा बढी बैंकिङ क्षेत्रको छ । यस बाहेक ४० नम्बर ब्रोकर कार्यालय क्रियटिभ सेक्युरिटिज प्रालि र डायनामिक सेक्युरिटिज प्रालिले पनि यस क्षेत्रमा सेयर कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रका रुपमा रहेको बनेपामा धुलिखेल, पनौती, भक्तपुर, पाँचखाल लगायतका क्षेत्रबाट पनि सेयर कारोबारका लागि आउने गर्छन् ।
रासस

Logo