काठमाडौँ, १३, कात्तिक
धादिङको गजुरी–५ बांगेमोडमा दुर्घटनामा परेको यात्रुबाहक बसका सबै ३१ जना मृतकलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बसभित्रबाटै निकाल्न सफल भएको बुझिन आएको छ । "/>

सशस्त्रका साहसी उद्धारकहरुले निकाले त्रिशूलीबाट ३१ वटा शव

सशस्त्रका साहसी उद्धारकहरुले निकाले त्रिशूलीबाट ३१ वटा शव


काठमाडौँ, १३, कात्तिक
धादिङको गजुरी–५ बांगेमोडमा दुर्घटनामा परेको यात्रुबाहक बसका सबै ३१ जना मृतकलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बसभित्रबाटै निकाल्न सफल भएको बुझिन आएको छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन केन्द्र कुरिनटारको टोली र नेपाली सेनाको टोली आवश्यक सामाग्रीका साथ उद्धारका लागि त्रिशूली नदीभित्र छिरेको थियो । सो क्रममा गोताखोर टोलीले १८ फिट मुनीबाट बसभित्र रहेका शव निकाल्न सफल भएको थियो ।

यद्यपि शव निकाल्न भने उद्धार टोलीलाई साँझ सम्मै लागेको थियो । दुर्घटनामा परेको शवलाई साँझपख मात्रै बाहिर निकालिएको थियो । उद्धारका लागि परिचालित एक जना गोताखोरले भने, ‘हामीले आवश्यक सामाग्रीका साथ १८ फिट मुनी गएर एक एक गर्दै बसभित्र रहेका ३१ जनाको शव निकाल्न सक्यौं । पानीमुनी कोही परेको भए हामीलाई थाहा भएन, हामीले पानीभित्र कोही छ कि भनेर खोजेको पनि हौं, तर फेला परेन ।’ हिजो विहान सबेरैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुनः उद्धारका लागि परिचालन भएको छ । टोलीले पानीभित्र अन्य पनि शव हुनसक्ने आशंकामा खोजी कार्य अघि बढाइरहेको छ ।
राजधानीबाट

Skip This
Logo