काठमाडौँ, ११, कात्तिक

 

राजधानीको बत्तीसपुतली स्थित श्रीराम चन्द्र मन्दिरमा नेपालमा नै पहिलो पटक इ–पूजाको प्रारम्भ गरिएको छ । "/>

मन्दिरमा पूजा गर्ने नयाँ तरिका : ई -पूजा

मन्दिरमा पूजा गर्ने नयाँ तरिका : ई -पूजा


काठमाडौँ, ११, कात्तिक

 

राजधानीको बत्तीसपुतली स्थित श्रीराम चन्द्र मन्दिरमा नेपालमा नै पहिलो पटक इ–पूजाको प्रारम्भ गरिएको छ । श्रीराम चन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिद्धारा यहाँ आयोजना गरिएको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले इ–पूजाको शुभारम्भ गर्दै देशमा नै पहिलो पटक इ–पूजाको शुरुआत गरेर मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको बताए । पूर्वमन्त्री शंकर प्रसाद कोइरालाले प्रविधि मार्फत मन्दिर विश्वभर छरिएर रहेका भक्तजन सम्म पुगेको र मन्दिरबाट पुनःनिर्माण र व्यवस्थापनको पाठ अरूले सिक्न सक्ने बताए । मन्दिर संवद्र्धन समितिका सदस्य सचिव डा. गोविन्द टण्डनले अनलाइनबाट भुक्तानी गरी ५०१ देखि एक लाख ११ हजार १११ सम्मको पूजा गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए ।

केही महिनामै अनलाइन मार्फत प्रत्यक्ष रुपमा पूजा गरेको दृश्य समेत देखाउने तयारी गरिएको उनले बताए । मन्दिरको वेबसाइट मा गएर पूजाका लागि फाराम भर्न सकिने बताइएको छ । इ–पूजा व्यवस्थापनको जिम्मेवारी नेपारिका टेक्नोलोजी प्रालिलाई दिइएको छ । सो अवसरमा प्रालिका दुर्गा फुयाँल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवध्वज राणा लगायतले सांस्कृतिक गतिविधिलाई आधुनिक प्रविधिसँग जोडिनुपर्ने धारणा राखेका थिए । रासस

Logo