मोरङ, ९, कात्तिक

मोरङ कारागारमा विभिन्न मुद्दामा सजायँ भुक्तान गर्दै आएका मध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । "/>

मोरङ कारागारमा ४२ जना मानसिक रोगी

मोरङ कारागारमा ४२ जना मानसिक रोगी


मोरङ, ९, कात्तिक

मोरङ कारागारमा विभिन्न मुद्दामा सजायँ भुक्तान गर्दै आएका मध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । ती मध्ये तीन महिला छन् । कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ । कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलले भने “कारागारका मानसिक रोगी उपचारका लागि यहाँ आउन त आइरहन्छन् तर संख्या यति हो भन्ने यकिन छैन ।” ती मानसिक रोगीमा झोक्र्याउने, त्रसिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उनले बताए। चार सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा अहिले ७५५ कैदीबन्दी छन् ।
रासस

Logo