काठमाडौँ, ९, कात्तिक
नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवाका दुईजना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । "/>

बिटसेवाका सञ्चालक तुलाधार र ढकाल पक्राउ

बिटसेवाका सञ्चालक तुलाधार र ढकाल पक्राउ


काठमाडौँ, ९, कात्तिक
नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवाका दुईजना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । सिआइबीले काठमाडौं–२७ का पुरुषोत्तमधर तुलाधार र कास्की सराङकोट–२ का राम ढकाललाई बुधबार पक्राउ गरेको हो । उनीहरू दुवै बिटसेवा प्रालिका सञ्चालक रहेको सिआइबी स्रोतले जनाएको छ । बिटसेवा सञ्चालन गर्ने अन्य दुईजना भने फरार छन् ।

सिआइबीले उनीहरूलाई एक महिना देखि खोजिरहेको थियो । बिटसेवाले बिटक्वाइन तथा अन्य अल्टरनेटिभ क्वाइनहरू इथेरियम, लिटक्वाइन, ड्यास लगायत दर्जनौँ क्रिप्टोकरेन्सीको एक्सचेन्ज सेवा प्रदान गरिरहेको थियो । बिटसेवाले क्वाइनहरूको किनबेचमा १ प्रतिशत कमिसन लिने गरेको थियो । सिआइबीले गत २० असोजमा अवैध क्रिप्टोकरेन्सीका सातजनालाई पक्राउ गरेपछि बिटसेवाले आफ्नो कारोबार बन्द गरेर सर्भरका तथ्यांक समेत मेटाएको थियो ।
नयाँपत्रिकाबाट

Logo