विश्वका भुताहा सडक, जहाँ डरलाग्दा घटना भइरहन्छन्

विश्वका भुताहा सडक, जहाँ डरलाग्दा घटना भइरहन्छन्


अहिलेको विश्वमा भूतप्रेतको विश्वास गरिँदैन । हरेक कुरामाथि वैज्ञानिक दृष्टिकोण राखिने समाजमा भूतको कुरा वहियात लाग्न सक्छ । तर, केही समयअघि ब्राजिलका राष्ट्रपतिलाई आफ्नो निवासमा भूतले सताएको भन्दै अन्यत्र डेरा सरेको चर्चाले मिडिया तातिएको थियो ।

अतः यहाँ मिडियामा आएका त्यस्ता केही डरलाग्दा राजमार्गको चर्चा गरिदैछ, जो निकै खतरनाक, भयावह र जोखिमयुक्त मानिएका छन् ।

ए–७५ रोड, स्कटल्यान्ड

ए–७५ रोडलाई स्कटल्यान्डको प्रमुख सडकमा गणना गरिन्छ । यो सडकले अनान र ग्रेटना ग्रीनलाई आपसमा जोड्छ । केही मानिसहरु ठान्छन्, स्कटल्यान्डका सडकहरु डरलाग्दा छन् । त्यसमध्ये पनि यो सडक सबैभन्दा डरलाग्दो छ । स्थानीय मानिसहरुका अनुसार यो सडकमा डरलाग्दा दुर्घटनाहरु हुने गर्छन् । त्यही कारण सडकको मध्यतिरको स्थानलाई भुताहा सडकको संज्ञा दिइएको छ ।

इ–एक्सप्रेस वे, मलेसिया

मलेसया नेपालीको श्रम गन्तव्य । धेरै नेपाली मलेसिया पुगेका छन् । त्यही मुलुकको एउटा सडक हो, इ–एट एक्सप्रसवे । यसलाई मलेसियामा सबैभन्दा डरलाग्दो राजमार्ग मानिन्छ । कतिले दाबी के गर्छन् भने, यो सडक हुँदै रातको समयमा यात्रा गर्दा सडकमा अनौठो–अनौठो जीव देखापर्ने गर्छ ।

बेलचेन टनेल, स्विजरल्यान्ड

स्विट्जरल्यान्ड, आफैमा प्राकृतिक छटाहरुले सजिएको देश । हाम्रा नेताहरुले भाषणमा हरेक जसो दोहो¥याउँछन्, नेपाललाई पनि स्विजरल्यान्ड बनाउने भनेर । तर, त्यही मुलुकमा अविस्थत यो सुरुङमार्ग चाहि निकै डरलाग्दो छ । स्विजरल्यान्डको सबैभन्दा डरलाग्दो सडकमा यो सुरुङमार्गको गणना हुन्छ । के भनिन्छ भने, उक्त सुरुङमार्ग मुनी एक सेतो वस्त्रधारी महिलाको छाया मडारिरहेको देखिन्छ । यसको सत्यता के हो, अहिलेसम्म खुलासा भएको छैन ।

ब्वाई स्कट लेन, अमेरिका

ब्वाई स्कट लेनलाई ‘डेड एन्ड रोड’ पनि भनिन्छ । यहाँ भूतसम्बन्धी केही कथाहरु प्रचलित छन् । स्थानीय मानिसका अनुसार उत्त m सडक किनारको जंगलमा केही मानिसहरु क्याम्प ट्रिपमा आएका थिए । यो १९५०–६० को बीचको कुरा हो । तर, उनीहरुको हत्या भयो । त्यसपछि यो सडक डरलाग्दो सडकको रुपमा गणना भएको हो ।

क्लिन्टन रोड, अमेरिका

न्युजर्सीस्थित क्लिन्टन रोड बिश्वकै सबैभन्दा डरलाग्दो मानिन्छ । के भनिन्छ भने, यहाँ भूत र खतरनाक जीवका कारण सधै जोखिमपूर्ण हुने गर्छ । यस सडकमा यस्तो दुर्घटना भइसकेको छ, जसको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन । त्यति मात्र कहाँ हो र, रातको समयमा यो सडक हुँदै यात्रा गर्नु भनेको मृत्युलाई निमन्त्रणा गर्नु बराबर हो ।

शेड्स अफ डेथ रोड, अमेरिका

यस सडकको नाम सुन्दै मानिसहरु डराउँछन् । के भनिन्छ भने, यो सडकबाट यात्रा गर्दा ठूलै जोखिम मोल्नुपर्छ । किनभने यहाँ चोरी, डकैती र हत्याको संभावना अधिक हुन्छ । त्यति मात्र कहाँ हो र ? यस सडकमा भूतप्रेतले समेत सताउने विश्वास गरिन्छ ।

एनी रोड, अमेरिका

अमेरिकाको यो सडकलाई भुताहा मानिन्छ । केही समयअघि सडकको मध्यमा एक भूतले महिलाको हत्या गरेको पनि चर्चा बाहिर आएको थियो । त्यसैले यस सडकमा रात्रीकालीन यात्रा गर्न जो कोही डराउँछन् ।

(एजेन्सीको सहयोगमा)

Logo