डोल्पा, ६, कार्तिक
आगामि मंसिर १० मा हुन गईरहेको संघ र प्रदेशको चुनावका लागि डोल्पाका विभिन्न राजनितिक दलहरुले पनि मनोनयन दर्ता सम्पन्न गरेका छन् । "/>

डोल्पामा ११ जना मात्र उम्मेद्वारले मनोनयन दर्ता गरे

डोल्पामा ११ जना मात्र उम्मेद्वारले मनोनयन दर्ता गरे


डोल्पा, ६, कार्तिक
आगामि मंसिर १० मा हुन गईरहेको संघ र प्रदेशको चुनावका लागि डोल्पाका विभिन्न राजनितिक दलहरुले पनि मनोनयन दर्ता सम्पन्न गरेका छन् । उनीहरुले आईतबार सदरमुकाम दुनै स्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेको पकटक्षेत्र मानिने डोल्पामा सबैभन्दा पहिले नयाँ शक्ति नेपालले उम्मेद्वारी दर्ता गराएको थियो ।

नयाँ शक्ति नेपालले प्रदेश नं २ बाट पुष्पराज बुढालाई उम्मेद्वार बनाएको छ भने संघ र प्रदेश नं १ बाट भने उम्मेद्वार खडा गरेको छैन् । त्यसैगरि राप्रपा प्रजातान्त्रीकबाट निर्वाचन प्रदेश नं १ बाट कर्ण बुढाले उम्मेद्धारी दिएका छन् भने राप्रपा प्रजातान्तीकले संघ र प्रदेश नं २ बाट उम्मेद्वार खडा गरेको छैन् । हाल सरकारमै रहेको भएपनि काङ्ग्रेससँग तालमेल गर्ने भन्ने कुरा निश्चित नभएको बताईएको छ । त्यसैगरि बामगठबन्धन बाट संघमा एमालेका तर्फबाट पुर्व सांसद धन बहादुर बुढाको उम्मेद्वारी परेको छ । त्यसैगरि प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट एमालेका नन्द सिंह बुढा र क्षेत्र नं २ बाट माओबादी केन्द्रका बिर बहादुर शाहीको उम्मेद्वारी दर्ता गरिएको गठबन्धनले जानकारी दिएको छ ।माओबादी केन्द्र र एमालेको गठबन्धन अनुसार प्रतिनिधि सभा र निर्वाचन क्षेत्र नं १ बाट माओबादी केन्द्रले उम्मेद्वारी दर्ता गराउने छैन भने सहमति अनुसार प्रदेश नं २ बाट एमाले उम्मेद्वारी दर्ता नगराउने भएको छ । त्यसैगरि नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि जिल्ला पार्टी सभापती अंगत कुमार बुढाले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदेश क्षेत्र नं १ बाट बेगम सिंह ठकुरी र क्षेत्र नं २ बाट शुरेस शाहीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । डोल्पा जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभामा गरि ११ जनाको उम्मेद्वारि परेको छ ।
राजधानीबाट

Logo