मोरङ, ३, कात्तिक
मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । "/>

मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु


मोरङ, ३, कात्तिक
मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नं को मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय लक्ष्मण थापामगरलाई बिहिबार दिउँसो ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मगरको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र त्यसका चालक उदयपुर त्रियुगा नगरपालिका– ११ पीपलचोक बस्ने २८ वर्षीय विनोद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस

Logo