१५ टन अवैध मासु नष्ट

१५ टन अवैध मासु नष्ट


केन्द्रबिन्दु संवाददाता । नेपालगञ्ज , ३१ असोज ।

नेपालगन्ज भन्सार कार्यालयले अबैध रुपमा भित्रिएको ब्रोइलर कुखुराको १५ टन मासु आज नष्ट गरेको छ । भारतको दिल्लीबाट भित्रिएको उक्त अबैध मासुलाई भन्सार कार्यालयले दुई दिन अघि नियन्त्रणमा लिएको थियो ।

नेपालगन्जको डिके कोल्डरुम एन्ड मिट सप्लायर्सको नाममा चालकले मकै, मटर र आलुको फिंगर चिप्सको कागजपत्र देखाएर उक्त मासु भित्राउन खोज्दा भन्सार कार्यालयका कर्मचारीलाई शंका लागेर ट्रक चेकजाँच गर्दा ठूलो परिणाममा हाडरहित मासु फेला पारेको थियो ।

भन्सार कार्यालयले एन ५२४० नम्वरको ट्रक सहित उक्त मासु नियन्त्रणमा लिएको थियो ।

डिके कोल्डरुम एन्ड मिट सप्लायर्सका संचालक दिलिप सोनीको नाममा नेपालगन्ज भन्सार कार्यालयले ४० लाख ९ हजार ११ रुपैया जरिवाना गरेको छ ।

 

Skip This
Logo