सर्वाधिक सुन्दर आत्माहत्या ! कसरी ?

सर्वाधिक सुन्दर आत्माहत्या ! कसरी ?


केन्द्रविन्दु डेस्क
काठमाडौं, २८ असोज ।
यो घटना हो, सन् १९४७ मे १ को । इभेलेन म्यकहेल नामकी एक महिलाले आत्महत्या गरिन्, न्यार्योकको एम्पायरस्टेट बिल्डिङबाट । त्यतीबेला बिहानको १० बजेर ४० मिनेट गएको थियो । उनी ६८ औ तलाबाट हाम फालेर युनाइटेट नेसनको एक कारमा बज्रिइन पुगिन् । संयोग कस्तो पर्‍यो भने, जतिबेला उनी कारमा बज्रिइन्, ठीक त्यही बखत एक फोटोग्राफीका विद्यार्थी रोबर्ट सी विल्स सोही बाटोबाट हिँडिरहेका थिए । उनले एभेलेन कारको छतमा खसेको ४ मिनेटमै ताजा फोटो खिच्नभ्याये । पछि यही फोटोलाई प्रतिष्ठित लाइफ म्यागजिनले सन् १९४७ मे १२ को अंकमा पुरा पेज प्रकासित गर्‍यो ।

एभेलिन ३ सय २० मीटरको उँचाईबाट खसेकी थिइन् । यतिको उचाईबाट कारको छतमा बज्रिएकी उनको शरीर क्षत विक्षत हुनु पर्ने हो । तर, त्यस्तो भएन । यस्तो लाग्थ्यो, उनी कारको माथि मस्त आरम गरिरहेकी छिन् ।

हुन त उनी मरिसकेकी थिइन् । तर, उनको शरीर स्टाइलिस देखिन्थ्यो । उनको खुट्टा खाली थियो र एउटा खुट्टा त्यसमाथि खप्टिएको थियो । त्यसबेला अमेरिकी महिलाहरु यसैगरी आराम गर्थे । उनको देब्रे हात उनको गलामा पहिरिएको मोतिको मालामा थियो, मानौ उनी माला खेलाइरहेकी छिन् ।

उनको शरीरमा चोट थिएन र उनको शव कतैपनि बिकृत देखिदैनथ्यो । समग्र दृश्यमा दुई कुरा मात्र असामन्य देखिन्थ्यो, कारको कुचिएको बडी र एभेलिनको फाटेको मोजा । यस बाहेक अरु सबैकुरा सामान्य देखिन्थ्यो । फोटोग्राफरले खिचेको फोटो ब्ल्याक एन्ड ह्वाइट थियो । एभेलिनको जन्म २० सेप्टेम्बर १९२३ मा क्यार्लिफोर्नियामा भएको थियो । उनले किन आत्माहत्या गरिन् ? त्यो कहिल्यै खुलेन । एजेन्सी

Logo