काठमाडौँ, २८, असोज
सत्यनिरूपण तथा मेलमिलाप आयोगले सातवटा प्रदेशबाट संकलन गरेका उजुरी छानबिन सुस्त गतिमा गरिरहेको छ । "/>

सत्यनिरूपण आयोग र बेपत्ता छानबिन आयोग दुवैको काम सुस्त

सत्यनिरूपण आयोग र बेपत्ता छानबिन आयोग दुवैको काम सुस्त


काठमाडौँ, २८, असोज
सत्यनिरूपण तथा मेलमिलाप आयोगले सातवटा प्रदेशबाट संकलन गरेका उजुरी छानबिन सुस्त गतिमा गरिरहेको छ । काम गराईमा देखिएको सुस्तताका कारण सत्यनिरूपण तथा बेपत्ता पारिएका परिवारको आयोगले तोकिएको समयमा छानबिन काम नसक्ने देखिएको हो ।

तीन वर्ष अघि द्वन्द्वकालीन घटना र गम्भीर मानवअधिकार हननका घटनाका दोषीलाई कारबाही गर्न बनेको छानबिन आयोग हालसम्म अनुसन्धान प्रक्रियामै अलमलिएको छ । दोषीउपर कारबाही र परिपूरणका लागि बनेको आयोगले आगामी चार महिनामा काम पूरा नगर्ने निश्चित जस्तै छ । आयोगको म्याद २७ माघसम्म मात्र छ । आयोगमा ६० हजार ३ सय १६ उजुरी परेकामा हालसम्म दुई हजार उजुरीको मात्रै विस्तृत अनुसन्धान भएको आयोग अध्यक्ष सूर्यकिरण गुरुङले जानकारी दिए । माघसम्म आयोगले अनुसन्धान प्रक्रिया सबै पूरा गर्न सम्भव नभएको अध्यक्ष गुरुङले बताए ।  बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पनि विस्तृत अनुसन्धान प्रक्रिया सुरु गरे पनि अबको चार महिनामा काम पूरा गर्न नसक्ने आयोगका पदाधिकारी नै स्विकार्छन् । पीडतलाई न्याय दिन बनेको आयोगमा बेपत्ता पारिएका ३ हजार ९३ जनाको उजुरी परेको छ ।   नयाँपत्रिकाबाट

Logo