काठमाडौं, २४, असोज
सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । "/>

साझा प्रकाशनका अध्यक्षलाई हटाउनुको कारण देखाउन आदेश

साझा प्रकाशनका अध्यक्षलाई हटाउनुको कारण देखाउन आदेश


काठमाडौं, २४, असोज
सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको इजलासले सोमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सुनुवाइको मौका नदिई बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । मन्त्रिपरिषद्को बैठकले शर्मालाई असोज ८ गते पदबाट हटाउने निर्णय गरेको थियो । शर्मा माथि वार्षिक आम्दानीमा गढबढ गरेको, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन गरेको, पुस्तक बिक्री–वितरणको हिसाब–किताब दुरुस्त नराखेको लगायतका भ्रष्टाचार र अनियमितताको आरोप छ ।
नागरिकबाट

Logo