यस्ती देखिइन् पद्यावतीमा दीपिका (ट्रेलर सहित)

यस्ती देखिइन् पद्यावतीमा दीपिका (ट्रेलर सहित)


केन्द्रविन्दु संवाददाता । काठमाडौं, २३ असोज ।

फिल्म ‘पद्यावती’का लागि निर्देशक संजय लिला भन्सालीले कुटाई पनि खाए । फिल्म छायांकन ताकाको कुरा हो त्यो । अहिले फिल्म निर्माण पुरा भइसकेको छ । र, एकथरीले यो फिल्म प्रदर्शनमा प्रतिवन्ध लगाउनुपर्ने आवाज उठाइरहेका छन् ।

जे होस्, फिल्मले पब्लिसिटी भने राम्ररी पाएको छ । डिसेम्बर १ को लागि प्रदर्शनको मिति कुरेर बसेको फिल्म ‘पद्यावती’मा विगतमा झै भन्सालीले दीपिका पादुकोणलाई दोहो¥याएका छन् । त्यसो त रानी पद्यावतीको लुकमा दीपिका दुरुस्तै सुहाएकी छिन् भनिन्छ ।

के पनि भनिएको छ भने, दीपिकाले फिल्ममा २० किलो गहना पहिरिएकी थिइन् । त्यसो त गहना मात्र होइन, उनको पहिरन पनि निकै गह्रौं थियो । फिल्मको कस्ट्युम डिजाइनर रिम्पल नरुलाले भनेका छन्, यो लुक भारतिय इतिहासकी रानीको लुक अनुरुप नै छ ।

यस फिल्ममा दीपिकाको लुक राजपुत महारानीसँग मिल्दो जुल्दो बनाइएको छ । भनिन्छ, दीपिकालाई आफ्नो भूमिकाको लागि तयार हुनका लागि करिब एक घण्टा समय लाग्ने गरेको थियो ।

 

Logo