असोज,२३, काठमाडौं
असोज १७ गते चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । "/>

वाम गठबन्धनलाई सिट बाँडफाँटमा समस्या

वाम गठबन्धनलाई सिट बाँडफाँटमा समस्या


असोज,२३, काठमाडौं
असोज १७ गते चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए । त्यसअनुसार कहाँ कुनले लिने भन्नेमा निर्णय गर्न दुबै दललाई समस्या परेको छ । कार्यदलका संयोजक एमाले महासचिव र्इश्वर पोखरेलले सिट मिलाउने प्रयास जारी रहेको बताए । कार्यदलस्तरको बैठकलाई निष्कर्षमा पुर्‍याउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न आइतबार माओवादीले प्रस्ताव गरेको थियो । सोमबार बस्ने बैठकले सिट बाँडफाँडको खाका ल्याउन सक्ने पोखरेलले जानकारी दिए । बिशेषगरी दुई बिषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच छ । तीन दिनभित्र सिट बाँडफाँडको आधार तयार गर्ने भनिएको छ ।

कान्तिपुरबाट

Logo