असोज,२३, काठमाडौं
भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् । "/>

केसीले ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान बनाए

केसीले ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान बनाए


असोज,२३, काठमाडौं
भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् ।मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले असोज १९ गते विहान ६ बजे देखि हिजो दिउँसो ३ बजेर २ मिनेट सम्म भाषण गरेका विश्वदर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दावी गरिनेछ ।

यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनेटको रेकर्ड राखेका थिए । सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौंले विहानीको आयोजना तथा लियो क्लव लगायतका संस्थाको सहयोगमा सो कलेजमा आयोजना गरिएको कार्यक्रममा उनले ८४ घण्टा भाषण गर्ने योजना भएपनि हिजो दिउँसो सम्म ८० घण्टा ४ मिनेट मात्र भाषण गर्न उनी सफल भएका थिए । भाषणमा केसीले एक घण्टामा पाँच मिनट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिएका थिए । उनले दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत भाषण गरेका हुन् ।
रासस

 

Logo