रिया आइएमई ‘लक्की ड्र’ को पहिलो बिजेता राम भट्टराई

रिया आइएमई ‘लक्की ड्र’ को पहिलो बिजेता राम भट्टराई


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ असोेज ।

रिया आइएमई ‘लक्की ड्र’ को पहिलो विजेताका रूपमा राममणि भट्टराई छनोट भएका छन् । मलेसियास्थित रहेको रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेताको रुपमा भट्टराई घोषणा भएका हुुन् ।

सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही भट्टराई पहिलोे भाग्यशाली विजेताको रुपमा घोषित भएको रिया आइएमईले आज एक प्रेस विज्ञप्ती जारी गर्दैै सार्वजानिक गरेको छ ।

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरी ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राहीमुखी कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

योजनाअवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिने रिया आइएमईले जनाएको छ ।

भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यानप्राप्तगर्न सक्नुहुनेछ । उपहार प्राप्तगर्नका लागिविजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Skip This
Logo