बाजुरा, २२, असोज

दुर्गम भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ का कर्णप्रसाद जैशीले मूर्ति बनाउन थालेको १० महिना बितेको छ । "/>

बाजुरामा बजार अभावले मूर्तिकला पेशा संकटमा

बाजुरामा बजार अभावले मूर्तिकला पेशा संकटमा


बाजुरा, २२, असोज

दुर्गम भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ का कर्णप्रसाद जैशीले मूर्ति बनाउन थालेको १० महिना बितेको छ । भारत जान घरबाट निस्किनु भएका जैशीले आठ दिन सम्म साँफे–मार्तडी सडक निर्माणमा ज्यालादारीको काम गरे । यसैबीच अचानक उनमा स्वरोजगार बन्नका लागि मूर्ति बनाउने सोच आएकाले यसै तर्फ होमिए । भारतको यात्रा थाति राख्दै मूर्ति बनाउन थालेको १० महिना बित्यो । मूर्ति बनाए पनि बजार नपाएकाले सोचे जस्तो आम्दानी नभएको मूर्तिकार जैशीले बताए ।

अहिले सोचे भन्दा कम आम्दानी भएको छ । मूर्ति बेचेर ६ जनाको परिवार पाल्नुपर्ने बाध्यता जैशीमा छ तर बजार अभावले मूर्ति बनाउने पेशा संकटमा पर्ने हो की भन्ने चिन्ता उनमा छ । जैशीले भने, “मूर्ति बनाउने आवश्यक उपकरण नहुँदा काममा ढिलाइ हुन्छ तर त्यस्ता उपकरण पाए दैनिक २० वटा भन्दा बढी मूर्ति बनाउन सक्छु । ”मूर्तिकला केन्द्र बनाइ यसलाई स्तरोन्नति गर्दै उद्योग बनाउने सोच उनको छ । दश महिना भित्र तीन लाख भन्दा बढीको कारोबार गरेका मूर्तिकार जैशीका मूर्ति २५ हजार देखि ६० हजार सम्ममा बिक्री हुने गरेपनि समयमै मूर्ति विक्री नहुँदा खर्च बढेको उनको गुनासो छ ।
रासस

Skip This
Logo