काठमाडौँ, २१, असोज
प्रहरी संगठन भित्र यतिबेला ३० वर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको छ । गृहमन्त्री जनार्दन शर्मा समेत ३० वर्षे हटाउने विषयमा सकारात्मक देखिएका छन् । "/>

३० वर्षे अवधिको विषयले प्रहरी संगठनमा खैलाबैला

३० वर्षे अवधिको विषयले प्रहरी संगठनमा खैलाबैला


काठमाडौँ, २१, असोज
प्रहरी संगठन भित्र यतिबेला ३० वर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको छ । गृहमन्त्री जनार्दन शर्मा समेत ३० वर्षे हटाउने विषयमा सकारात्मक देखिएका छन् । ३० वर्षे सेवा अवधि हटाएमा हाल रहेका प्रहरी प्रमुख र प्रहरी अतिरिक्त महानिरीक्षकहरूको जागिरे अवधि साढे दुई वर्ष लम्बिनेछ । प्रहरीमा सानो समूह ३० वर्षे सेवा हटाउँदा खुसी देखिए पनि ठूलो समूह भने रोक्नलाई शक्तिकेन्द्र धाउँदै आएको छ । तर ३० वर्षे विवाद जहिलेबाट लागू भयो त्यतिबेला देखि नै सुरु भएको देखिन्छ । ०४९ सालमा तत्कालीन आईजीपी रत्नशम्शेर जबरा हुँदा लागू भएको ३० वर्षे सेवा लगत्तै उनलाई हटाएर मोतीलाल बोहरालाई आईजीपी बनाइयो । ०५१ मा फेरि दुई वर्ष बढाएर ३२ वर्षे बनाइयो ।
अन्नपूर्णपोष्टबाट

Logo