केपी ओलीको भाषणमा ताली नै ताली (भिडियो सहित)

केपी ओलीको भाषणमा ताली नै ताली (भिडियो सहित)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० असोज

प्रश्न – तीन–तीन जना प्रधानमन्त्री भएको पार्टी कुन हो ?जवाफ– एमाले
प्रश्न – संविधान सभाको अध्यक्ष भएको एक मात्र पार्टी कुन हो ?
जवाफ – एमाले
प्रश्न – महिलालाई रक्षा मन्त्री बनाउने पार्टी कुन हो ?
जवाफ– एमाले
प्रश्न – महिलालाई राष्ट्रपति बनाउने पार्टी कुन हो ?
जवाफ– एमाले

यी माथिका सवाल–जवाफ कस्का होलान् ?

यस प्रश्नको सही जवाफ हो, एमाले अध्यक्ष केपी ओली । आज शुक्रबार एमाले प्रवेशीहरूलाई स्वागत गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो सवाल जवाफ सुनाएका हुन् ।

शुक्रबार एमाले प्रवेश गर्नेमा पूर्व डिआइजी नवराज सिलवाल, गायक संजय श्रेष्ठ, नायक प्रकाश अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अकबर मोहम्मत गढी, नेपाली काँग्रेसका शत्रुधन राजभण्डारी लगायत थिए ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालको चुनावी तालमेल घोषणा कार्यक्रममा अध्यक्ष ओलीले मन्तव्य राख्ने क्रममा भनेका थिए– ‘अब निन्द्राको औषधि धेरै बिक्री हुन्छन् ।’ आजको पार्टी प्रवेश गर्ने कार्यक्रममा उनले फेरि त्यही स्मरण गर्दै भने –‘सुन्छु, निन्द्राको औषधि सर्टेज भइसक्यो रे ।’

यस्तै–यस्तै रोचक प्रसंगहरूका साथ भाषणमा तल्लीन ओलीले दर्जनौं पटक ताली पाएका थिए । (हेर्नुहोस् ओलीको पूर्ण भाषण)

Logo