असोज १९ , मोरङ
मोरङमा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालक घाइते भएका छन् । पथरी–शनिश्चरे नगरपालीका–२ हरीयाली वन कार्यालय अगाडी उक्त ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन् । "/>

भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते


असोज १९ , मोरङ
मोरङमा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालक घाइते भएका छन् । पथरी–शनिश्चरे नगरपालीका–२ हरीयाली वन कार्यालय अगाडी उक्त ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन् । भारतीय एच र ३३ ई ५७१५ नम्बरको ट्रकले को. १७ प. ९३१ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान साढे १२ बजे ठक्कर दिँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे नगरपालिका–२ बस्ने ४५ बर्षिय वीर कुमार राई घाइते भएका हुन् । ठक्करबाट राईको टाउको पछाडी चोट लागेको प्रहरीले जनाएको छ । घाइते राईको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ । ट्रक प्रहरीको नियन्त्रणमा छ । ट्रकका चालक भने फरार रहेकाले उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 

Skip This
Logo