असोज,१० ,बैतडी
अन्तरजातीय बिहे गराउन भुमिका खेलेको आरोपमा जिल्लाको शिवनाथ गाउँपालिका ६ कनालीका विस्थापित एक शिक्षक दम्पतिको घरमा आगजनी समेत गरिएको छ । "/>

अन्तरजातीय विवाह गराइदिएको आरोपमा शिक्षक दम्पती गाउँबाट विस्थापित

अन्तरजातीय विवाह गराइदिएको आरोपमा शिक्षक दम्पती गाउँबाट विस्थापित


असोज,१० ,बैतडी
अन्तरजातीय बिहे गराउन भुमिका खेलेको आरोपमा जिल्लाको शिवनाथ गाउँपालिका ६ कनालीका विस्थापित एक शिक्षक दम्पतिको घरमा आगजनी समेत गरिएको छ । शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले शनिबार आगजनि र तोडफोड गरेका हुन् । गैरदलित परिवारकी छात्राको दलित केटासंग बिहे गराइदिएको आरोपमा विद्यालय व्यवस्थापन समितीले विद्यालयबाट निस्कासित गरी गाउँबाट समेत विस्थापित भएका शिक्षकको घरमा शनिबार आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगजनीबाट उनको घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरीको भनाइ छ । गैरदलित छात्रालाई दलित केटासँग भाग्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ । राजु राना स्थानीय कृष्ण निमाविमा शिसु कक्षा पढाउने शिक्षिका हुन् भने उनका पति करन राना हिरापुर मावि कनालिमा निमाविमा राहत कोटाबाट अध्यापन गराउदै आएका थिए । १३ वर्षीय छोरी र ९ वर्षीय छोरासँग सदरमुकाममा बस्दै आएका करन रानाको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेका छन् ।
नयाँपत्रिकाबाट

Logo