कोरोना संक्रमितले टेकु अस्पतालमा उपचार गर्न ५० हजार धरौटी राख्नु पर्नेदेखि जुवातासको खालमा पूर्वमन्त्रीसम्म (भिडियो)

कोरोना संक्रमितले टेकु अस्पतालमा उपचार गर्न ५० हजार धरौटी राख्नु पर्नेदेखि जुवातासको खालमा पूर्वमन्त्रीसम्म (भिडियो)


काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।

यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।

आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि बल्झिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको दुरी बढेसँगै पार्टीमा विवाद चुलिएको हो । अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।

एकातिर मुलुकमा कोरोना संक्रमितको संख्या बढदो छ, अर्काेतिर सरकारले सबै कोरोना संक्रमितको परिक्षण र उपचार गर्न नसक्ने बताएको छ । सरकारको परिपत्रसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमित विरामीको उपचार शुल्क तोकेको छ । जसको अहिले सामाजिक संजालमा चर्काे आलोचना भइरहेको छ ।

नेपालमा दशैदेखि तिहारसम्म जुवातास खेल्नेहरुको जमात बढदो छ । सधै झै यो वर्ष पनि जुवाखालबाट जुवाडेहरु पक्राउ पर्न थालेका छन् । पक्राउ पर्नेमा पूर्वराज्यमन्त्री खोभारी राय यादव पनि रहेका छन् ।

कोभिड–१९ को विश्वव्यापी प्रभावपछि विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काममा संलग्न छन् भन्ने विवरण पाउन भने मुस्किल पर्छ ।

आमा अर्थात संसारकै सवैभन्दा प्यारो मान्छे । सबैको जीवनमा सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन् आमा । एक आमा जसले आफनो सन्तानका लागि हरेक खुशीहरु सहजै त्याग्छिन, सन्तानको खुसीका लागि जस्तोसुकै दुःख पनि सहजै सहन्छिन । त्यसो त हामी हरेक सुख दुःखमा आमालाई सम्झिन्छौं । शरिरमा थोरै मात्रै पीडा हुँदा पनि हाम्रो मुखबाट अनायाशै ऐया आमा भन्ने शब्द निस्कन्छ । मानव जातिमा मात्रै होइन हरेक प्राणीमा उत्तिकै ममतामयी सम्बन्ध हुन्छ आमा र सन्तानबीच । तर, विडम्वना सर्वश्रेष्ठ प्राणी मानिने मानिसले आफ्नै आमालाई बोक्सी भन्दै हत्या गरेका छन् । त्यो पनि आधुनिक यो युगमा । यसै विषयमा हामीले एउटा रिपोर्ट तयार पारेका छौं ।

Logo