#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121052752948643244806356561
नेपाल152593290846143

भिडियोमा हेर्नुहोस टुँडिलेखको अन्तिम श्रद्धाञ्जली

काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली अर्पण गरियो । शुक्रबार बिहान टुडिँखेलमा उनीहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको हो ।

बुधबार तेहथुमको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा पर्दा ७ जनाले ज्यान गुमाएका थिए । चुहानडाँडा एयरपोर्ट निरीक्षण पश्चात पाथीभराको दर्शन गरी काठमाडौं फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मन्त्री अधिकारीसँगै नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, निर्देशक ईन्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री रवीन्द्र अधिकारीका पीएसओ अर्जुन घिमिरे र पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको ज्यान गएको थियो । उनीहरु सातै जनाको शव काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीको लागि राखिएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार