होटल सांग्रिला अगाडि शक्तिशाली बम फेला

होटल सांग्रिला अगाडि शक्तिशाली बम फेला


काठमाडौं,९, असोज
राजधानीको लाजिम्पाटस्थित सांग्रिला होटेल अगाडि आइतबार बेलुका शक्तिशाली पाइप बम फेला परेको छ। पाइप बम फेला परे लगत्तै नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। बम कसले राखेको भन्नेबारे खुल्न नसकेको र अनुसन्धान जारिरहेको प्रहरीले बताएको छ। सेनाको टोलीले सो बम निष्कृय पारेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए।

नेपाल समाचारपत्रबाट

Logo