बोका प्रतिकिलो ४ सय ५०, च्याङ्ग्रा  ६ सय ७५ रुपैयाँ

बोका प्रतिकिलो ४ सय ५०, च्याङ्ग्रा  ६ सय ७५ रुपैयाँ


काठमाडौं, ५ असोज  । नेपाल खाद्य संस्थानले दसैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ। संस्थानले बोका प्रतिकिलो ४ सय ५०, खसी ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा  ६ सय ७५ रुपैयाँ मूल्य निर्धारण गरी बिहीबारदेखि बिक्री वितरण थालेको हो ।

संस्थानका बागमती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट ५ सय च्याङ्ग्रा ल्याइएको र अरु ५ सय च्याङ्ग्र्रा आउने क्रममा रहेको जानकारी दिए । त्यस्तै दाङ र हेटौंडाबाट एक हजार ५ सय खसी ल्याउने तयारी भैरहेको छ ।

Logo