काठमाडौं, ५ ,असोज
चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सुरक्षाको कारण देखाउँदै सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । "/>

तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने चीनको तयारी

तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने चीनको तयारी


काठमाडौं, ५ ,असोज
चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सुरक्षाको कारण देखाउँदै सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपाल समक्ष औपचारिक प्रस्ताव समेत राखेको छ ।

नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्ताव पछि बुधबार थप सडक नाका खुलाउने बारे दुई देश बीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ । चिनियाँ उच्च स्तरीय वार्ता टोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपाली वार्ताटोलीका एक सदस्यले बताए । यसअघि नेपालले खासा–ओलाङचुङगोला ताप्लेजुङ, खासा–रसुवागढी रसुवा र खासा–यारी हुम्ला नाका प्रयोग गर्दै आएको थियो । चिनियाँ पक्षले यस्तो अडान राख्नु भूकम्पपछि बन्द रहेको खासा नाका चीन सधैँका लागि बन्द गर्न चाहन्छ भन्ने अर्थ राख्ने वार्तामा सहभागी नेपाली पक्षले बताएको छ । नेपाली वार्ताटोलीका अनुसार चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउने बारे नेपाल र चीन बीच सम्झौताको सम्भावना तत्कालका लागि सकिएको छ ।
नयाँपत्रिकाबाट

Logo