डाक्टरसँग बिहे गर्न खोज्ने योजनालाई ड्राइभरले भगाएपछि… (हेर्नुहोस भिडियो)

डाक्टरसँग बिहे गर्न खोज्ने योजनालाई ड्राइभरले भगाएपछि… (हेर्नुहोस भिडियो)


काठमाडौँ, ४ असोज । गायिका एवम् सञ्चारकर्मी योजना पुरीले लोक पप शैलीको नँया गीत बजारमा ल्याएकी छन् ।  उनले “भगायो ड्राईभरले ” बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

गीतमा नेता, डाक्टर, ड्राईभर, खाडीमा काम गर्ने आदी समसामयिक बिषयलाई उठान गरेको पाईएको छ । भिडियोमा एक सुन्दरी डाक्टरसँग भाग्ने योजना बनाएकी कथालाई प्रस्फुटन गरेको पाइन्छ । तर ती सपना पुरा हुन नपाउदै सुन्दरीलाई ड्राइभरले भगाउन सफल भएको भिडियोमा देखाईएको छ ।

भिडियोमा अभिनयमा सुन्दरी मोडल रोजी कुवरलाई सुमन सागरले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ । सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई खेम थापाले छायाङ्कन गरेका हुन् । भने सुरेश राउतले सम्पादन गरेका हुन् । 

योजनाको यस अघि ‘म त बस्नै नसक्ने’, ‘भुडेवाला केटा नो नो नो’, ‘रुन्चे गित गाउँदिन’ लगायतका गीत सार्वजनिक भएका थिए ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Logo