कंगनाले खोलिन् ऋतिकको पोल, तैपनि किन चुपचाप ?

कंगनाले खोलिन् ऋतिकको पोल, तैपनि किन चुपचाप ?


केन्द्रबिन्दु, ३ असोज ।

हिन्दी सिने नगरी बलिउडकी चर्चित एवम् बिन्दास अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘सिमरन’ गत शुक्रबारदेखि सार्वजनिक भएको छ । यो फिल्म सार्वजनिक हुनुअघि कंगनाले बलिडउका केही हस्तीलाई निशाना बनाएर पोल खोलेकी थिइन् । यसमध्ये केहीले कंगनालाई जवाफ फर्काए, कोही भने चुप बसे ।

यसरी चुप बस्नेमा ऋतिक रोशन पहिलो नम्बरमा छन् ।

कंगनाले ऋतिकका बारेमा के नै भन्न बाँकी राखिन् र ? तर ऋतिक पटक्कै बोलेनन् ।

त्यति मात्र कहाँ हो र ? कंगनाले ऋतिक र आफ्नो यौन सम्बन्ध रहेको समेत खुलाइन् । यसमा पनि ऋतिकले कुनै प्रतिक्रिया दिएनन् । किनभने उनलाई पिता, राकेश रोशन, ले चुपचाप बस्न भनेका थिए ।

अघिल्लो वर्ष ऋतिकमाथि कंगनाले इमोसनल ब्ल्याकमेलिङ गरेको आरोप लगाएकी थिइन् । ऋतिकले त्यसको पनि केही जवाफ दिएका थिएनन् । बाबु छोराको यसमा फरक राय छ । उनीहरू यो सबै सोसल मिडियाको करामत ठान्छन् । त्यही कारण यसमा जवाफ दिइरहनुपर्ने आवश्यकता नरहेको बताउँछन् ।

सोसल मिडियामा आउने हरेक कुरामाथि टिप्पणी दिँदै विवादमा आउन नहुने उनीहरूको भनाइ छ । ऋतिक रोशन र राकेश रोशनले कुनै प्रतिक्रिया नदिएपछि कतिजना त कंगनामाथि खनिएका थिए । (एजेन्सी)

Logo