काठमाडौं,३, असोज
म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्ष यता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिना यता बढेको छ । "/>

नेपालमा बढ्दै छ रोहिंग्याको संख्या

नेपालमा बढ्दै छ रोहिंग्याको संख्या


काठमाडौं,३, असोज
म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्ष यता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिना यता बढेको छ । राजधानीको कपन स्थित वालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्ष यता शरण लिइरहेका छन् । अहिले उनीहरूको संख्या झन्डै पाँच सय पुग्न लागेको छ। शरण लिइरहेका रोहिंग्याहरूका अनुसार एक महिना अघि मात्रै शिविरमा १३ जना थपिएका छन् ।  यद्यपि संख्या बढ्दै गएको बारे सरकार जानकार छैन । रोहिंग्याहरू कसरी राजधानीसम्मै आएर निजी जग्गामा टहरा बनाएर बस्न सफल भए भन्नेमा सरकार अनभिज्ञ छ । रोहिंग्यालाई अहिले खाद्यान्न सहयोग राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालयले गरिरहेको छ ।
अन्नपूर्णपोष्टबाट

Skip This
Logo