सिन्धुली, २, असोज
दशैं नजिकिदै गर्दा सिन्धुलीमा खसीबोकाको भाउ ह्वात्तै बढेको छ। व्यापारीहरुले जिउँदोमै खसीको मुल्य बढाएको उपभोक्ताहरुको गुनासो छ। "/>

खसि बोकाको मुल्य आकाशियो

खसि बोकाको मुल्य आकाशियो


सिन्धुली, २, असोज
दशैं नजिकिदै गर्दा सिन्धुलीमा खसीबोकाको भाउ ह्वात्तै बढेको छ। व्यापारीहरुले जिउँदोमै खसीको मुल्य बढाएको उपभोक्ताहरुको गुनासो छ। यहाँका हाटबजारमा विक्री गर्न गाँउगाँउबाट ल्याइएका खसीको मूल्य बढाइएको उपभोक्ताले गुनासो गरे । दशैंको सिजनमा अधिकांशको घरमा खसी काटिने भएपछि खसीको मूल्य बढेको हो। दशै नजिकिएसँगै सिन्धुलीमाढीमा खसी व्यापार समेत बढेको छ। गत बर्षको तुलनामा यस बर्ष जिउँदो खसी धार्निको तीन सय रुपैयाँ सम्म बढाएका छन्। दशै नजिकिएसँगै गाँउमा बाख्रा पालक किसानहरुले आफु खुशी मूल्य बढाउन थालेपछि सदरमुकाम सिन्धुलीमाढी सम्म व्यापार गर्न आएका व्यापारीले उक्त मुल्य बढाएका हुन्। गत बर्ष हामीले १२ सय रुपैयाँ धार्निको जिउँदो खसीको कारोबार गरेका थियौं , खसी बेच्नका लागि सदरमुकाम आएका व्यापारी जोकमणि विकले भने–‘यसबर्ष गाँउमै महङगो छ ।
नागरिकबाट

Logo