असोज, २, मुगु
जिल्लाका विभिन्न क्षेत्रमा बहुला कुकुर र स्यालको टोकाई बढे पछि स्थानीय त्रसित बनेका छन्। एक हप्ता यता स्याल र कुकुरको टोकाईबाट सात जना भन्दा बढी विरामी परेका छन। "/>

मुगुमा बहुला कुकुर र स्यालको आतंक

मुगुमा बहुला कुकुर र स्यालको आतंक


असोज, २, मुगु
जिल्लाका विभिन्न क्षेत्रमा बहुला कुकुर र स्यालको टोकाई बढे पछि स्थानीय त्रसित बनेका छन्। एक हप्ता यता स्याल र कुकुरको टोकाईबाट सात जना भन्दा बढी विरामी परेका छन। चार दिन अघि मात्र छायाँनाथ रारा नगरपालिका वडा नम्बर ३ स्थित ईमा गाउँमा दिउँसो घर अगाडीको बारीमा आमासँग गएका धनबहादुर खड्काका ६ वर्षीय छोरालाई बहुला स्यालले टोकेर घाइते बनाएको थियो। स्यालले टोके लगत्तै घाईते बालकलाई जिल्ला अस्पताल पुर्‍याईए पनि अस्पतालमा रेविज विरुद्धको सुई अभाव भएपछि उनलाई नेपालगञ्ज लग्नुपरेको बालकका बाजे मोतिसिंह खड्काले गुनासो गरे। शनिवार मात्रै ३ जनालाई कुकुरले टोकेको छ ।
नागरिकबाट

Logo