काठमाडौँ, ३१, भदौ
राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बालबालिकाको प्रयोग भएको भन्दै आपत्ति जनाएको छ । "/>

निर्वाचनमा बालबालिकाको प्रयोग प्रति राष्ट्रिय मानव अधिकार आयोगको आपत्ती

निर्वाचनमा बालबालिकाको प्रयोग प्रति राष्ट्रिय मानव अधिकार आयोगको आपत्ती


काठमाडौँ, ३१, भदौ
राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बालबालिकाको प्रयोग भएको भन्दै आपत्ति जनाएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका क्रममा प्रदेश नं २ को स्थलगतरुपमा सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिँदै आयोगले मानव अधिकारको सुनिश्चितता गर्नु आयोगको कर्तव्य रहेको भन्दै राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न आग्रह समेत गरेको छ ।

आयोगको अनुगमन कार्यमा अवरोध सिर्जना नगर्न तथा निर्वाध रुपमा सहयोग पु¥याउन सम्बन्धित सबैमा समेत आयोगले अनुरोध गरेको छ । आयोगकी प्रवक्ता मोहना अन्सारीले एक विज्ञप्ति मार्फत प्रदेश नं २ का आठ वटै जिल्लामा आयोगका सदस्य, सचिव सहितको उच्चस्तरीय टोली अनुगमनका लागि परिचालित भएको जानकारी दिइन् । प्रतिनिधिमण्डलले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए÷नपाएको, बालबालिकाको प्रयोग भए÷नभएको लगायतका विषयमा समेत अनुगमन गरिरहेको छ । रासस

Logo