हेटौंडा , ३०, भदौ
दशैंमा खसी किन्न मकवानपुरको बिकट गाउँ खैराङ जाने क्रममा पश्चिम मकवानपुरको राक्सिराङ–५, चैनपुरमा खसी ब्यापारीहरु लुटिएका छन् । "/>

दशैंको मुखमा खसि व्यापारी लुटिए

दशैंको मुखमा खसि व्यापारी लुटिए


हेटौंडा , ३०, भदौ
दशैंमा खसी किन्न मकवानपुरको बिकट गाउँ खैराङ जाने क्रममा पश्चिम मकवानपुरको राक्सिराङ–५, चैनपुरमा खसी ब्यापारीहरु लुटिएका छन् । कैलाश–५ का कृष्णबहादुर कालीराज, राक्सिराङ–३ का ४० वर्षीय मोहन मुक्तान र राक्सिराङ–२ का ४० वर्षीय सिंहराम सुनारलाई कुटपिट गरी २ जनाले ४ लाख २० हजार नगद लुटेको मनहरी प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार दिउँसो करिब पौने ३ बजे जंगलमा लुटिएको थियो । कुलबहादुर हेटौंडाका सञ्चारकर्मी रुपक कालीराजका बुबा हुन् । बोटबारी स्थित तेन्ताखोल्सीमा कुटपिट गरी पैसा लुटिएको हो । कुटपिटबाट गम्भीर रहेकाहरुलाई चैनपुरबाट थप उपचारका लागि ल्याइएको छ । लुटेराहरु पक्रन स्थानीय युवा परिचालन गरिएको छ भने इलाका प्रहरी कार्यालय मनहरी पनि खटिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo