अमेरिका,३०, भदौ
अमेरिकाले नेपाललाई प्रदान गर्ने ५० अर्ब रुपैयाँको अनुदान सम्झौतामा वासिंगटन डिसीमा बिहीबार राति हस्ताक्षर भएको छ। "/>

५० अर्ब रूपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर

५० अर्ब रूपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर


अमेरिका,३०, भदौ
अमेरिकाले नेपाललाई प्रदान गर्ने ५० अर्ब रुपैयाँको अनुदान सम्झौतामा वासिंगटन डिसीमा बिहीबार राति हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयको ट्रिटी रूममा भएको सहयोग सम्झौतामा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानले हस्ताक्षर गरेका छन्। सम्झौता समारोहमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसनका कामु सिइओ जनोथन मास, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की तथा नेपालका लागि अमेरिकि राजदूत एलाइना बी तेप्लिज सहभागी थिए।
सम्झौताअनुसार उक्त रकममा नेपालले १ अर्ब ३० करोड अमेरिकी डलर थप गर्नेछ। नेपालको रकम सहित संयुक्त कोषमा ६३० मिलयिन अमेरिकी डलर हुनेछ। यो सम्झौता पछि विद्युत र सडक सञ्जाल विस्तारले नेपाललाई क्षेत्रीय राष्ट्रहरुसँग जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ।
नागरिकबाट

Logo