डेढ दशकपछि जुम्ला पत्रकार महासंघको आफ्नै भवन

डेढ दशकपछि जुम्ला पत्रकार महासंघको आफ्नै भवन


जुम्ला, २९ भदौ ।

नेपाल पत्रकार महासंघ जुम्ला जिल्ला शाखाले स्थापनाको डेढ दशकपछि आफ्नै भवन निर्माण भएको छ ।

स्थानीय स्तरका सरकारी निकाय र स्थानीय निकायको सहयोगमा रु ६६ लाखको लागतमा दुईतले सात कोठे सो भवन निर्माण भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले हिजो सो भवन उद्घाटन गर्दै कर्णालीमा निर्माण गरिएको प्रेसको यो पहिलो भूकम्प प्रतिरोधात्मक भवन भएको जानकारी दिए ।

समिति प्रमुख सार्कीले महासंघको साझा थलोमा आबद्ध सबै पत्रकारले मुलुक र जनताका लागि साझा चिन्तन लिएर काम गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पत्रकारका लागि भवन निर्माणले जिल्लाको सुशासन तथा विकासमा सहयोगी भूमिका निर्वाह हुने धारणा व्यक्त गरे ।

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकाया, पातारासी गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महतारा, महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागार्इं , महासंघका संस्थापक जिल्ला अध्यक्ष नरेन्द्रनाथ योगीलगायतले पत्रकारिताको विविध विषयमा चर्चा गरेका थिए । रासस

Logo