ओम हस्पिटलको ओपीडी सेवा बन्द

ओम हस्पिटलको ओपीडी सेवा बन्द


केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २९ भदौ । नाकको अप्रेशन गर्दा बिरामीको मृत्यु भएपछि राजधानीको चावहिलमा रहेको ओम अस्पतालको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको शल्यक्रियाका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा धर्ना दिईरहेका छन् ।

उनीहरुले मृत्युको कारण अस्पतालले प्रष्ट पार्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् । अस्पतालले उनको मृत्यु असामान्य भन्दै मृत्युप्रति दुःख ब्यक्त गरेको छ । सँगै उनको मृत्यु अस्पतालको लापरवाहीका कारण नभई रगतको संक्रमणका कारण भएको दाबी पनि गरेको छ ।

यसैवीच अस्पताल प्रशासन र पीडित पक्षबीच आज दिउँसो २ बजे बार्ता हुँदैछ । अपरेशन गरी नाकको बाङ्गो हाड सोझ्याउन आफैं हिँडेर अस्पताल पुगेकी भट्टराई गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् ।

Logo