सेनाद्वारा पोखरामा सिलिण्डर बम निष्क्रिय

सेनाद्वारा पोखरामा सिलिण्डर बम निष्क्रिय


केन्द्रबिन्दु संवाददाता । पोखरा, २६ भदौ ।

पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान राखिएको सिलिण्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा अज्ञात व्यक्तिले सिलिण्डर बम राखेर गएको प्रहरीले खबर पाएपछि सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिएका छन् ।

यसैगरी राससले जनाएअनुसार, निगमको सो जग्गामा सडक व्यापारीले व्यापार सञ्चालन गर्देै आएकामा केही महिनाअघि अर्को कम्पनीले बोलपत्र पारेपछि भत्काएर नयां व्यापारिक टहरा निर्माण सुरु गरेको छ ।

Logo