प्रधानमन्त्री ज्यू, खोइ सम्पत्ति विवरण ?

प्रधानमन्त्री ज्यू, खोइ सम्पत्ति विवरण ?


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार गठन भएको आज ९६ दिन पुरा भएको छ । तर, ६० दिन भित्र बुझाउनु पर्ने सम्पत्ति विवरण यस सरकारका कुनैपनि सदस्यले सार्वजनिक गरेका छैनन् । मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा यो ठूलो प्रश्न मानिन्छ ।

यसअघि नियुक्तिको १५ दिनभित्र मन्त्रिमण्डलका सदस्यहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा रहँदै आएको थियो ।

देउवा मन्त्रिपरिषदमा पछिल्लो पटक थपिएका १९ जना मन्त्री र २३ जना राज्यमन्त्रीमध्ये कसैले पनि सम्पत्ति विवरण बुझाएको छैन । भने सुरुमा नियुक्त केहीले सम्पत्ति विवरण बुझाएको भनिएपनि सार्वजनिक गरिएको छैन । हालसम्म देउवा सरकारमा ४ दर्जनभन्दा बढी सदस्य भइसकेका छन् । सोमबारवाट देउवाले ५४ मन्त्रीको पल्टन सम्हाल्ने छन् ।

यस सरकारका सदस्यहरुले कहिले बुझाउलान सम्पत्ति विवरण ? र, बुझाएनन् भने के हुन्छ ? कानुनमा जे लेखिएको भएपनि यी प्रश्न आजका मितिमा अनुत्तरित छन् ।

Logo