काठमाडौँ, २६ भदौ
राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आइतबार साँझ जीवितदेवी कुमारीको हातबाट प्रसाद ग्रहण गरेकी छिन् । "/>

राष्ट्रपतिद्वारा कुमारीको हातबाट प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा कुमारीको हातबाट प्रसाद ग्रहण


काठमाडौँ, २६ भदौ
राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आइतबार साँझ जीवितदेवी कुमारीको हातबाट प्रसाद ग्रहण गरेकी छिन् । वसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवी कुमारीको हातबाट उनले राष्ट्रप्रमुखको हैसियतले फूल, प्रसाद तथा टीका ग्रहण गरेकी हुन् । हरेक वर्ष इन्द्रजात्राको अन्तिम दिन मल्लकालदेखि नै राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ ।

भदौ २० गतेबाट औपचारिक रूपमा शुरु भएको इन्द्रजात्राको आइतबार समापनका क्रममा हनुमानढोकमा ठड्याइएको लिङ्गो राति १०ः४५ बजेको साइतमा पूजाआजाका साथ ढालिएको थियो । भक्तपुरको चित्तपोलस्थित जंगलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो) लाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । लिङ्गो उठाउँदा जस्तै ढलाउँदा पनि विशेष बाजागाजा सहित गुर्जु पल्टनले तोप पड्काउने चलन छ । काठमाडौँ उपत्यकामा मनाइने पर्व मध्ये इन्द्रजात्रा ठूलो पर्व हो । राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यक्तिबाट कुमारीको दर्शनपश्चात् गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ । स्थानीय मजिपा लाखे, गणेश, भैरव र कुमारीको रथ यात्रामा घुमाइने चलन छ ।  करिब एक सातासम्म चल्ने सो जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न तरिकाले लाखे नाचको प्रदर्शन गरिन्छ । रासस

Logo